फस्ट माइक्रोफाइनान्स पनि मर्जरमा इच्छुक, मर्जर समिति गठन

Aug 13, 2019 12:04 PM Merolagani



फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले अन्य लघुवित्त वित्तिय संस्थालाइ आफुमा गाभ्न तथा प्राप्ति गर्न आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि मर्जर समिति गठन गरेको हो।

कम्पनीले विवेकमान सिंह शाक्यको संयोजकत्वमा ४ सदीयीय मर्जर समिति गठन गरेको हो । मर्जर समितिको सदस्यमा उमेश कटुवाल र युवराज क्षेत्री रहेका छन भने सदस्य सचिवमा भेषराज पन्थी रहेको कम्पनीले जनाएको छ । 

राष्ट्र बैंकले मौद्रिक नितिमार्फत लघुवित्त कम्पनीहरुलाई समेत मर्जरको लागि प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु ल्याएको छ। राष्ट्र बैंकको मर्जर नीति अनुसार नै हाल अघिकांश लघुवित्त कम्पनीहरुले मर्जरको बाटो रोज्न थालेका छन्।

थोक लघुवित्त कर्जा प्रदायक यस लघुवित्तले कुन लघुवित्तलाई मर्जर तथा एक्वीजिशन गर्छ भन्ने विचारणीय नेपालमा साना किसान लघुवित्त, आरएससिडी लघुवित्त, फस्ट र आरएमडिसी गरि चारवटा थोक लघुवित्त कर्जा प्रवाह गर्ने लघुवित्त रहेका छन्। 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।