पारित भएको तेस्रो दिनबाटै लाभांश वितरण

Aug 13, 2019 01:12 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको नगद लाभांश साधारण सभाबाट पारित भएको तेस्रो दिनबाटै शेयरधनीको बैंक खातामा पठाउन थालेको छ। 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले साउन २७ गते सोमबारदेखि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ३५.५३ प्रतिशत नगद लाभांश नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणाली मार्फत शेयरधनीको खातामा जम्मा गर्न थालेको हो।

इन्स्योरेन्सको साउन २४ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट करि सहित ३५.५३७ प्रतिशत नगद लाभांश र ३४.४६२ प्रतिशत बोनस शेयर गरि कूल ७० प्रतिशत लाभांश अनुमोदन भएको थियो।

साधारण सभाबाट लाभांश पारित गरेर एक वर्षसम्म शेयरधनीलाई लाभांश वितरण नगर्ने कम्पनीलाई एलआईसीको यस कदमले गतिलो झापड समेत हानेको छ भने शेयरधनीप्रतिको उत्तरदायित्वलाई समेत कम्पनीको अग्र स्थानमा राखेर निर्वाह गरेको छ ।

इन्स्योरेन्सको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार वितरण गरिएको बोनस शेयर सिडिएस तथा नेप्सेमा सूचीकरण भए पश्चात मात्र सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ ।

साथै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले हालसम्म पनि इन्स्योरेन्सको भौतिक शेयर धारण गरेका र डिम्याट खातामा बैंक खाता नम्बर रुजु नगराएका शेयरधनीको हकमा भने शेयरधनीले आफुसँग भएको शेयर अभौतिकीकरण र डिम्याट खातामा बैंकको खाता अद्यावधिक गरेपछि मात्र पठाउने बताएको छ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।