सरकारले अव्यावहारिक नीति लागू गरेर अर्थतन्त्र संकटतर्फ धकेलेकाे राप्रपा (संयुक्त) काे ठहर

Aug 13, 2019 05:58 PM merolagani



संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकंटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ । विकल्पको रूपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नु पर्ने प्रस्ताव गरेको छ ।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ । यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसैकारण वैदेशिक लगानीमा कमी आएको हो । वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन् । नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने ।

राप्रपा (संयुक्त) सम्वद्ध स्वतन्त्र बुद्धिजीविकाे कार्यक्रममा राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए ।

‘नेपालमा समाजवाद छैन । होली वाइनको लुटपाट छ । समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन् । होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ । उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन् । त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन,’ उनले भने ।

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।