एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न, ओमसँग मर्जर प्रस्ताव पारित

Aug 13, 2019 06:01 PM Merolagani



एनएमबि बैंक (NMB) को साउन २८ गते मंगलबार सम्पन्न विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गरेको छ।

विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गरिएकाे मर्जर सम्झौताकाे प्रतिवेदन पारित गरेको छ भने डिडिए रिपोर्टबाट प्राप्त भएको १००:७६ स्वाप रेशियोलाई स्वीकृती प्रदान गरेको छ ।

बैंकको साधारणसभाले शेयर खरिद बिक्रीको नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलालका लागि ब्रोकरेज सेवा प्रदान गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावली संसोधन गरेको छ।

मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का छ। नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।