लुम्बिनी जनरल इन्स्योरेन्स बीमा शुल्क १२ प्रतिशतले बढ्यो

Aug 15, 2019 10:08 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को बीमा शुल्क १२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब २६ करोड बीमाशुल्क आर्जन भएकोमा गत आर्थिक वर्षको अन्य सम्ममा एक अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको हो ।

इन्स्योरेन्स कम्पनीको अध्यक्ष मनोहर दास मूलले बुधबार सम्पन्न १४ औं वार्षिक साधारण सभामा बोल्दै बीमा शुल्क १२ प्रतिशतले बृद्धि भएको जानकारी गराएको हो ।


उनले विगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको भएपनि एनएफआरएस प्रणाली लागुभएपछि लाभांश वितरण गर्न नसकिएको बताए।

उनले भने, ‘बीमा समितिको निर्देशन अनुसार एक अर्ब चुक्ता पूंजी पु¥याउन कम्पनीलाई आवश्यक पर्ने १२ करोड रुपैयाँ साविककै ढांचामा वित्तीय विवरण तयार गरेपनि करिब १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने रकम रहन्छ। तर यसपटक नयां ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको हो ।’

बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन बैशाख २५ गते सम्पन्न विशेष साधारण सभाको २० प्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गरिसकेको छ। संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको अध्यक्ष मूलले जानकारी दिए ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।