कृषि विकास बैंक र नेपाल बैंक मध्ये कुन अब्बल ? प्रगति विवरण सहित

Aug 17, 2019 02:41 PM Arun Pakhren

सरकारको बहुमत शेयर स्वामित्व सहित सर्वसाधारणहरुको समेत लगानीमा कृषि विकास बैंक र नेपाल बैंक संचालनमा छन्। बैंकहरुमा नेपाल सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व छ। सर्वसाधारणहरुको समेत लगानीमा सञ्चालित दुई  बैंकमध्ये कुन अब्बल छ भनेर मेरोलगानीले दुबै बैंकको विविध पक्षहरुमा तुलनात्मक अध्ययन गरेको छ।

  • चौंथो त्रैमास सम्ममा कृषि विकास बैंक अब्बल

दुबै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश प्रमुख सूचकहरुका आधारमा कृषि विकास बैंक अब्बल देखिएको छ। नेपाल बैंकको तुलनामा कृषि विकास बैंक निक्षेप संकलन, कर्जा प्रवाह, खुद व्याज आम्दानी, खुद नाफा, प्रतिशेयर आम्दानी लगायतको सूचकमा अघि देखिएको हो।

सरकारको अग्राधिकार शेयर गणना नगर्ने हो भने चुक्ता पूँजीमा कृषि विकास बैंक नेपाल बैंकको तुलनामा ८० करोड रुपैयाँले पछाडि छ। यद्यपी सरकारको ५ अर्ब ४३ करोड अग्राधिकार शेयर समेत गर्दा कृषि विकास बैंकको पूँजी अधिक हुन जान्छ। अन्य सूचक पनि कृषि बलियो देखिएको छ।

कृषि विकास बैंकले एक खर्ब १९ अर्ब निक्षेप संकलन गरी एक खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। यस्तै ७ अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको कृषि विकास बैंकले नेपाल बैंकको तुलनामा १.७३ गुणा बढी खुद नाफा कमाएको हो ।

नेपाल बैंकले यस अवधिमा एक खर्ब १७ करोड रुपैयाँ कर्जा निक्षेप संकलन गरी ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। ६ अर्ब १७ करोड रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको नेपाल बैंकले २ अर्ब ६१ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको हो।

यस्तै कृषि विकास बैंकको प्रतिशेयर आम्दानी समेत नेपाल बैंकको तुलनामा १.८१ गुणाले बढी छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कृषि विकास बैकको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ २८ पैसा छ भने नेपाल बैंकको २६ रुपैयाँ ६२ पैसा मात्रै रहेको छ।

जगेडा कोषको आधारमा भने नेपाल बैंक कृषिको तुलनामा अब्बल छ । नेपाल बैंकको कूल जगेडा कोष १९ अर्ब ६२ करोड छ भने कृषि विकास बैंकको १४ अर्ब २० करोड छ । 

  • अघिल्लो आर्थिक वर्षको तुलनामा प्रगति गर्नेमा पनि कृषि विकास बैंक

दुबै बैंकको गत आर्थिक वर्ष २०७५/७६ र अघिल्लो आर्थिक वर्ष २०७४/७५ को चौंथो त्रैमास सम्मको वित्तीय विवरण बीच प्रगतिको तुलना समेत गरिएको छ। यसमा पनि कृषि विकास बैंकले उल्लेख्य प्रगति गरेको देखिन्छ।

नेपाल बैंकले निक्षेप संंकलन तथा कर्जा लगानीमा कृषि विकास बैंकको तुलनामा उल्लेख्य प्रगति गरेको भएपनि अन्य महत्वपुर्ण सूचकहरु भने कमजोर देखिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल बैंकको निक्षेप अनुपात १७.७४ प्रतिशत र कर्जा लगानी २२.३१ प्रतिशतले बृद्धि भएको हो ।

यता कृषि विकास बैंकको खुद नाफा, व्याज आम्दानी, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, लगायतको सूचकमा उल्लेख्य प्रगति भएको छ। कृषि विकास बैंकको खुद नाफा १९.१७ प्रतिशत, व्याज आम्दानी ७.७४ प्रतिशत, प्रतिशेयर आम्दानी १८.१४ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३५.९३ प्रतिशतले वृद्धि गरेको छ ।

  • कृषि विकास बैंकको लाभांश निरन्तर

कृषि विकास बैंकले आफ्नो शेयरधनीहरुलाई निरन्तर आकर्षक लाभांश वितरण गर्दै आइरहेको छ। आर्थिक वर्ष २०६९/७० बाट ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरको बैंकले आर्थिक वर्ष २०७४/७५ बाट ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यता नेपाल बैंकले भने २२ वर्ष देखि शेयरधनीलाई लाभांश वितरण गर्न सकिरहेको छैन ।

  • शाखा विस्तारमा कृषि विकास बैंक अघि, ग्राहक संख्यामा नेपाल बैंक

शाखा कार्यालयहरुको आधारमा पनि कृषि विकास बैंक अघि देखिएको छ। कृषि विकास बैंकको २७४ वटा शाखा सञ्जाल रहेको छ भने नेपाल बैंकको शाखा १७१ वटा मात्र  रहेको छ।

ग्राहक संख्याको आधारमा भने नेपाल बैंक अघि देखिएको छ। नेपाल बैंकको करिब १६ लाख ग्राहक रहेका छन् भने कृषि विकास बैंकको १३ लाख ४५ हजार रहेको बैंकको तथ्यांक छ।

  • कृषि विकास बैंकको प्रति शाखा लागत र प्रति कर्मचारी खर्च दुबै उच्च

नेपाल बैंकको तुलनामा कृषि विकास बैंकको प्रति शाखा लागत र प्रति कर्मचारी खर्च दुबै उच्च देखिएको छ।  नेपाल बैंकको तुलनामा कृषिको ८३ वटा धेरै शाखा छन् भने १६६ जना थोरै कर्मचारी छन्। नेपाल बैंकको तुलनामा थोरै कर्मचारी भएपनि प्रति कर्मचारी खर्च भने कृषि विकास बैंकको उच्च छ।

२ हजार १५१ जना कर्मचारी कार्यरत रहेको कृषि विकास बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ अर्ब ९१ करोड रुपैयाँ कर्मचारी खर्च गरेको छ। यस आधारमा हेर्दा बैंकले प्रति कर्मचारी प्रतिवर्ष औसत १३ लाख ५२ हजार  रुपैयाँ  खर्च गरेको छ।

त्यस्तै बैंकको २७४ शाखा, ६१ वटा एटीएम सञ्चालनमा रहेका छन्।  बैंकले गत आर्थिक वर्षमा ८६ करोड रुपैयाँ संचालन खर्च गरेको छ। यस आधारमा बैंकको प्रतिशाखा औसत ३१ लाख ३८ हजार रुपैयाँ खर्च भएको देखिन्छ।

उता नेपाल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ कर्मचारी खर्च गरेको छ। २ हजार ३१७ जना कर्मचारी कार्यरत रहेको नेपाल बैंकको प्रति कर्मचारी प्रतिवर्ष औसत ९ लाख १० हजार रुपैयाँ खर्च छ ।

त्यस्तै बैंकको १७१ शाखा, २२ वटा एक्स्टेन्सन काउन्टर, ८५ एटीएम सञ्चालनमा रहेका छन्। बैंकले गत आर्थिक वर्षमा ५३ करोड रुपैयाँ संचालन खर्च गरेको छ। यस आधारमा बैंकको प्रतिशाखा औसत खर्च ३० लाख ९९ हजार रुपैयाँ भएको देखिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।