सुन्दर यातायातले भदौ दोस्रो साता देखि उपत्यकामा विद्युतीय यातायात सञ्चालनमा ल्याउने

Aug 18, 2019 06:08 PM Merolagani



भदौ दोस्रो साता देखि काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक यातायात गुड्ने भएको छ। नेपाल आर्थिक पत्रकार संघ र सुन्दर यातायातको संयुक्त आयोजनामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले  विद्युतीय यातायात संचालनमा ल्याउन लागिएको जानकारी दिए।

कम्पनीले काठमाडौंको सुकेधारा र सीतापाइलामा चार्जिङ्ग स्टेशन सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालको लागि त्यस ठाँउमा सरकारबाट चार्जिङ स्टेशन सञ्चालनमा गर्न अनुमति नपाएकोले कम्पनीको कार्यालय समेत रहेको चावहिल, भत्केको पुलमा पनि चार्जिङ स्टेशन रहने जनाएको छ। 

सुरुमा कम्पनीले सातवटा बस सञ्चालनमा ल्याउने जनाएको छ । एक महिना भित्रै ९ वटा थप्ने तयारी रहेको अध्यक्ष थापाले जानकारी गराए।

यस्तै भाडा तिर्ने व्यवस्था गर्न डिजिटल पेमेन्ट प्रविधिको प्रयोग हुने कम्पनीले जनाएको छ। विद्युतीय सवरीसाधनकाे लागि सरकारले कुनै भाडादर कायम नगरेकाेले अहिले अन्य सावरीसाधानहरूले लिइरहेकाे भाडादर नै कायम हुने अध्यक्ष थापाले जानकारी दिए। 

कार्डबाट भुक्तानी गर्नको लागि पाँच किसिमका कार्ड प्रयोगमा ल्याउन तयारी कम्पनीले छ। अध्यक्ष थापाका अनुसार नर्मल, विद्यार्थी, कम्पनी, अस्थायी र जेष्ठ नागरिक कार्ड सञ्चालनमा ल्याउनेछ। यस्तै डिजिटल पेमेन्ट ई–सेवा, खल्ती लगायत पेमेन्ट गेटवे प्रयोग गरेर पनि भाडा तिर्न सकिनेछ।

कम्पनीले काठमाडौंमा रिङ्गरोड, नारायणथान देखि मेडिसिटी अस्पताल, नयाँ बसपार्क देखि गौशाला, कोटेश्वर हुदै सल्लाघारी, ढुंगेअड्डादेखि देखि मेडिकल कलेज अत्तरखेलसम्म रुटमा बस सञ्चालन गर्ने कम्पनीको योजना छ।

११ जना संचालक समिति रहेको सुन्दर यातायातमा संचारकर्मी दिनेश डिसी लगायत ८१ जना शेयरधनीरु रहेका छन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।