पैँतिस प्रतिशत नेपाली अझै वित्तीय पहुँच बाहिर, कार्य क्षेत्र विस्तार गभर्नरको जोड

Aug 18, 2019 06:05 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले अझै पनि ३५ प्रतिशत नेपाली वित्तीय पहुँच बाहिर रहेको बताएका छन्।

ग्रामीण विकास लघुवित्तको पाँचौ वार्षिकोत्सव कार्यक्रमामा बोल्दै गभर्नर नेपालले र बैंक तथा वित्तीय संस्थाले अझै कार्य क्षेत्र विस्तार गर्दा अवसर नै अवसर हुने बताएका हुन्। यसका लागि लघुवित्त संस्थाहरुले आफ्नो कार्य क्षेत्र विस्तार गर्न पर्नेमा उनले जोड दिए।

गभर्नर नेपालले मर्जर पश्चात ग्रामीण विकास लघुवित्तको प्रगति सन्तोषजनक रहेको बताएका छन्। यसै गरी अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि मर्जरमा गए अवस्य सफलता प्राप्त गर्न सक्ने भन्दै मर्जरलाई जोड दिए। 

साथ नेपालले बैंक तथा वित्तीय सस्थाले क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा उच्च ध्यान पु¥याउनु पर्नेमा जोड दिन आग्रह गरे।

तत्कालिन पाँच विकास क्षेत्रका बिभिन्न लघुवित्तहरु मर्जर भएर नेपाल ग्रामीण विकास नेपाल लघुवित्त भएको थियो।

त्यसैगरी सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले यस लघुवित्तले नाफा मुखि भन्दा पनि सेवा मुखी तर्फ जोड लिएको बताएका छन्। उनले भने यस लघुवित्तले ग्रामिण क्षेत्रमा स्व– रोजगारको अवसर सृजना गर्न र महिलाहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न यस लघुवित्तले महत्वपूर्ण भुमिका खेलेको बताए।

साथै लघुवित्तका कार्यकारी अधिकृतले मर्जरमा हुदाका समय रहेका परिसूचकहरु सुधारको अवस्थामा रहेको जानकारी दिए।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।