शेयर बजारमा सबैभन्दा महङ्गो शेयरमूल्य रहेको युनिलिभरले गत आवमा कस्तो गर्यो प्रगति?

Aug 19, 2019 08:53 AM Merolagani

- तीर्थराज पौड्याल।
शेयर बजारमा उत्पादनमुलक क्षेत्रको रुपमा सूचीकृत र शेयर बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षमा एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

अघिल्लो आवमा कम्पनीले ९९ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा (६.७५ प्रतिशत) ६ करोड ७४ लाख रुपैयाँले बढेको हो।

गत आवको चौंथो त्रैमासम्ममामा कम्पनीको व्यापार तथा मुनाफा सामान्य सुधार भएको छ । गत आवमा कम्पनीले ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु (उत्पादित समाग्री) बिक्री गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८६ करोड ८४ लाखको बिक्री गरेको थियो। समीक्षा अवधिमा कम्पनीको ब्यापार १८.१९ प्रतिशतले फस्टाएको हो।

दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य १९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको कम्पनीको मुनाफामा सुधार भएसँगै प्रतिशेयर आम्दानीमा पनि ७३ रुपैयाँले सुधार भएको छ। गत वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ ०९ पैसा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०८४ रुपैयाँ ९१ पैसा रहेको थियो।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीको बिक्री १२ करोड ५४ लाखले बढेर एक अर्ब ५७ करोड पुगेपनि अन्य आम्दानी १२ करोड ४३ लाखबाट ६ करोड ८७ लाखमा संकुचित भएको छ । यस्तै लजेष्टिक कस्ट बढ्दा कम्पनीको अन्तिम त्रैमासमा खुद मुनाफा अघिल्लो आवको तुलनामा ५२.९० प्रतिशत घटेर १३ करोड ७७ लाख मात्र आम्दानी गरेको छ। अघिल्लो आवको अन्तिम त्रैमासमा कम्पनीले २९ करोड २६ लाख आर्जन भएको थियो।

चुक्ता पूँजी ९ करोड २१ लाख रहेको कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको यसै अवधिमा कम्पनीको जगेडा कोषको आकार एक अर्ब ८१ करोड १४ लाख सञ्चित थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ दुई हजार ५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ छ।

युनिलिभर नेपालसँग २०७६ असार मसान्तसम्ममा दुई अर्ब ९५ करोड बराबरको चालु सम्पत्ति र ९९ करोडको स्थिर सम्पत्ति गरि कूल ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ। दायित्वतर्फ एक अर्ब ६१ करोड ८६ लाख बराबरको चालु दायित्व, एक करोड अचल दायित्व र २ अर्ब ३२ करोड ५६ लाख इक्वीटी दायित्व विद्यमान छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।