प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं साधारणसभा सम्पन्न, हकप्रद पछि चुक्ता पूँजी एक अर्ब नाघ्ने

Aug 19, 2019 01:32 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को सत्रौं वार्षिक साधारण सभा भाद्र १ गते विरगञ्ज, पर्सामा सम्पन्न भएको छ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यस भन्दा अघिको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरीसकेको छ। हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए। यस्तै गत आर्थिक वर्षको अन्य सम्ममा कम्पनीले १६ करोड २२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।