प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं साधारणसभा सम्पन्न, हकप्रद पछि चुक्ता पूँजी एक अर्ब नाघ्ने

Aug 19, 2019 01:32 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को सत्रौं वार्षिक साधारण सभा भाद्र १ गते विरगञ्ज, पर्सामा सम्पन्न भएको छ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यस भन्दा अघिको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरीसकेको छ। हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए। यस्तै गत आर्थिक वर्षको अन्य सम्ममा कम्पनीले १६ करोड २२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।