एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जाने प्रस्ताव राखेर बोलायो साधारण सभा

Aug 23, 2019 10:42 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) ले मर्जरमा जाने प्रस्ताव राखेर कम्पनीको २४ औं वार्षिक साधारण सभा आब्हान गरेको छ। साधारणसभाको लागि इन्स्योरेन्सले शेयरधनीहरुलाई असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा बोलाएको हो

कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को कमाइबाट शेयरधनीलाई लाभांश भने वितरण नगर्ने भएको छ। इन्स्योरेन्सले साधारण सभामा लाभांश वितरण सम्बन्धि कुनै प्रस्ताव राखेको छैन।

साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २२ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले भदौ २१ गतेसम्म इन्स्योरेन्सको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन्।

चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ राखेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैंया ८३ पैसा कायम गरेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।