नौं विकास बैंकको नयाँ व्याजदर सार्वजनिक,बचत र कर्जामा कुन बैंकको ब्याजदर कति ?

Aug 23, 2019 05:31 PM Merolagani



भदौ ५ गते बिहीबार एकै दिन नौं विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन्। पुरानो ब्याजदरको तुलनामा धैरै बैंकरुले न्यूनतम ब्याजदर घटाएर छन् भने एकाधले अन्य बैंकसँग प्रतिस्पर्धि बनाउन केही प्रतिशत बढाएर नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

बचत खातामा देवः विकास बैंक बाहेक सबैको पुरानै ७ प्रतिशत अधिकतम व्याजदर यथावत छ भने देवः विकास बैंकले भने ०.५ प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ। यस्तै बचतमा  न्यूनतमतर्फ महालक्ष्मी विकास बैंक बाहेक सबैले ०.५ प्रतिशतले घटाएर ६.५ निर्धारण गरिएको छ। महालक्ष्मीले भने पुरानो ३ प्रतिशत व्याजदरबाट बढाएर ६.५ प्रतिशत पुर्याएको छ।

यता मुद्धती निक्षेप तर्फ भने अधिकतम १० प्रतिशत कायम छ तर न्यूनतम  तर्फ भने अधिकांशले ०.५ प्रतिशतले घटाएर ९.५ प्रतिशत निर्धारण गरिएको छ।

बिहीबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेका ९ विकास बैंक मध्ये ७ को एउटै व्याजदर कायम भएको छ। कामना विकास बैंक, संग्रिला डेभलपमेन्ट बैंक, गारिमा, लुम्बिनी, महालक्ष्मी र ज्योति विकास बैंकको बचत खाता र मुद्धती खातामा एउटै व्याजदर कायम भएको हो। यि बैंकहरुले बचत खातामा ६.५ प्रतिशत देखि अधिकतम ७ प्रतिशत र मुद्धती खातामा ९.५ प्रतिशत  देखि अधिकत्तम १० प्रतिशत व्याजदर निर्धारण गरिएको हो। 

यस्तै कैशाल विकास बैंकले बचत निक्षेपमा ६.५ देखि ७  प्रतिशत र मुद्धती निक्षेपमा ९.५ देखि १० प्रतिशत व्याजदर तोकिएको छ । देवः विकास बैंकले बचत खातामा ६.५ प्रतिशत र मुद्धती निक्षेपमा ८  देखि १० प्रतिशत व्याजदर सार्वजनिक गरेको छ ।

यस्तै मुक्तिनाथले बचत खातामा ६.५ देखि ७ प्रतिशत  र मुद्धती निक्षेप खातामा ९ देखि १० अधिकतम  प्रतिशत व्याजदर निर्धारण गरिएको छ ।

ऋणतर्फ अधिकांश विकास बैंकको  आधार ब्याजदर (बेसरेट) ११ प्रतिशतको हराहरीमा रहेको छ ।सबैको आधार ब्याजदर सामान्य मात्र घटेको छ। देवः विकास बैंकको १०.९४ प्रतिशत रहेको छ भने बाँकी बैंकको बेसरेट ११ प्रतिशत भन्दा माथि छ। 

यसअनुसार  बैंकहरुबाट ऋण लिँदा बेसरेटमा १ प्रतिशत देखि ७ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने उल्लेख गरेका छन्। कर्जाको प्रकृति हरेर बेसरेटमा १ प्रतिशत देखि ७ प्रतिशतसम्म प्रिमियम राखेर नयाँ व्याजदर सार्वजनिक गरिएको हो। यसमा बैंकहरुले लिने सेवाशुल्क समावेश गरिएको छैन। 

बैंकहरुको पछिल्लो आधार ब्याजदर र प्रिमिय शुल्क हेर्दा विकास बैंकहरुबाट कर्जा लिने  ऋणीले ऋणको प्रकृति अनुसार १३ देखि १९ प्रतिशतसम्म कर्जामा ब्याज भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ। जुन ब्यापरिक कर्जा प्रयोजनका लागि औसतमा नराम्रो नभएपनि औधोगिक र उत्पादनमूलक क्षेत्रका लागि कर्जा लिने उद्यमीहरुका लागि भने धेरै महङ्गो ब्याजदर हो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।