भारित औसत लागत गणना व्यवस्थित बनाउँदा मेरो शेयर सफ्टवेयरमा केहिदिन समस्या हुनसक्ने

Aug 23, 2019 05:44 PM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग) को मेरो शेयर सफ्टवयरमा केहि ढिला–सुस्ती हुन सक्ने भएको छ। कम्पनीले पूँजीगत लाभकर गणनाका लागि लगानीकर्ताको लागत प्रवृष्टि गरि भारित औसत गणना गर्ने व्यवस्था गरिन लागेकाले सो प्रणालीमा डेटा माइग्रेसका लागि केही दिन प्रणालीमा समस्या देखिनसक्ने जनाएको छ। 

मेरो शेयरको स्टिममा भारित औसत गणना गर्ने व्यवस्था गर्न सम्बन्धी काम भइरहेको हुँदा सिस्टम सुस्त हुने सक्ने सिडिएसले जनाएको छ ।

मेरो शेयरमा भारित औसत गणना गर्ने डाटा माईग्रेशन सम्बन्धी कार्य भइरहेको सिडिएससिले बताएको छ। उक्त सिस्टममा केहि समयका लागि नखुल्ने, कुनै मोडयुलहरु नखुल्ने जस्ता समस्याहरु आउनसक्ने भन्दै इमेलमा प्रतिक्रिया दिन सिडिएससिले प्रयोगकर्तामा अनुरोध गरेको छ । 




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।