लाभांशमा लगानीकर्ताको देखिएन आकर्षण, नेप्से सूचक र कारोबार दुबै झर्दै

Aug 29, 2019 04:03 PM Merolagani



सूचीकृत कम्पनीहरुले एकपछि अर्को गर्दै गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम जारी छ तर लाभांश घोषणा समयमा पनि शेयरबजारले लय समात्न सकेको छैन, बरु दिनप्रतिदिन घट्दो क्रममा छ। लाभांशले लगानीकर्ताहरुलाई आकर्षित गर्न नसक्दा नेप्से परिसूचक र कारोबार रकम दुबै समेत घट्दै जान थालेको हो।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १.३३ अंकले घटेर ११९६.४१ बिन्दुमा झरेको छ। नेप्से सूचकसंगै कारोबार रकम पनि घटेकाे छ।

बिहीबार १७० वटा कम्पनीका ९ लाख ७५ हजार ८३४ कित्ता शेयर कारोबार भएर २७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो बुधबारको तुलनामा ९ करोड ५१ लाख रुपैयाँले कम हो। बुधबार ३७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार साँझ गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहीबार प्रतिकित्ता २ रुपैयाँले मात्र बढेको छ। बैंकको यसदिन ४० हजार ९७४ कित्ता शेयर एक करोड ३ लाख १६ हजार बराबरमा खरिद बिक्री भएको छ । पछिल्लो अवधिमा लाभांश घोषणा भएका धेरै कम्पनीको शेयरमूल्य घटेर उच्च कारोबार हुनले पनि लाभांशले लगानीकर्तालाई आकर्षण गर्न नसकेको प्रष्टाउँछ। 

बिहीबार काराबारमा आएको अधिकांश उपसमुहको सूचक ओरालो लागेका छन्। कारोबारमा आएको १२ उपसमुहको सूचकमध्ये १० समुहको सूचक ओरालो लागेका हुन्। वाणिज्य बैंकको ०.६८ र विकास बैंकको २.९ अंकले सूचक बढेको छ।

जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ५०.२४ अंकले झरेको छ। यस्तै उत्पादन तथा प्रशोधन ३२.२२, निर्जीवन बीमा १०.७१ अंकले ओरालो लागेका छन्।

 

यस दिन कुमारी बैंकको शेयर सबै भन्दा धेरै १ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, प्रभु बैंक, माच्छापुछ्रे बैंक, र छिमेक लघुवित्तको संस्थापक शेयर एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

 

बिहीबार सबैको लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, एक्सल डेपलपमेन्ट बैंकको शेयरमूल्य ३ प्रतिशतले बढेको छ भने कालिका पावर, मितेरी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

उता युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.४१ प्रतिशतले घटेको छ। यस्तै कर्णली डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, ग्रामिण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त, समिट लघुवित्तको शेयर मुल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।