सानिमा बैंकको ७९ औं शाखा कैलालीको बौनियाँमा

Sep 01, 2019 05:41 PM merolagani



सानिमा बैंकले कैलालीको बौनियाँमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले भदौ १५ गतेदेखि औपचारिक रुपमा उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । 

बैंकको नयाँ शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले  ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

 

सानिमा बैंकको उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन्। हाल बैंकको पुँजीकोष अनुपात १३.११ प्रतिशत छ भने निष्कृय कर्जा ०.०८ प्रतिशत छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।