बीमा समितिले दियो न्यूनतम चुक्ता पूँजी कायम नगर्ने बीमा कम्पनीहरुलाई यस्तो निर्देशन

Sep 03, 2019 06:31 PM Merolagani



बीमा समितिले न्यूनतम  चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुलाई संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा रकम उठाउन निर्देशन दिएको छ। समितिले संस्थापक शेयरधनीहरुबाट हकप्रद वापतको अग्रिम पूँजी जुटाउन निर्देशन दिएको हो।

हाल सम्म पनि न्यूनतम  चुक्ता पूँजी नपुर्याएका कम्पनीहरुको संचालकहरुलाई बोलाएरै निर्देशन दिएको समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले मेराे लगानीलाई जानकारी दिए।

उनले भने, ‘गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका संचालकलाई बोलाएरै संस्थापकतर्फको पूँजी ‘कल इन एडभान्स’ मा जम्मा गर्न निर्देशन दिएका छौं। हामीले बाँकी कम्पनीहरुलाई पनि पालै-पालाे बोलाएर निर्देशन दिन्छौ।’ समितिले हकप्रद वापतको संस्थापकबाट प्राप्त हुने रकम जम्मा गर्न निर्देशन दिएको हो ।

समितिले गत साउन ६ गते न्युनतम चुक्ता पूँजी नपुर्याउन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन नसक्ने कारण सहित ७ दिनभित्रमा लिखत जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यस अनुसार बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी पुर्याउने प्रतिबद्धता जनाएका थिए।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले न्यूनतम दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।