बीमा समितिले दियो न्यूनतम चुक्ता पूँजी कायम नगर्ने बीमा कम्पनीहरुलाई यस्तो निर्देशन

Sep 03, 2019 06:31 PM Merolagani



बीमा समितिले न्यूनतम  चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुलाई संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा रकम उठाउन निर्देशन दिएको छ। समितिले संस्थापक शेयरधनीहरुबाट हकप्रद वापतको अग्रिम पूँजी जुटाउन निर्देशन दिएको हो।

हाल सम्म पनि न्यूनतम  चुक्ता पूँजी नपुर्याएका कम्पनीहरुको संचालकहरुलाई बोलाएरै निर्देशन दिएको समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले मेराे लगानीलाई जानकारी दिए।

उनले भने, ‘गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका संचालकलाई बोलाएरै संस्थापकतर्फको पूँजी ‘कल इन एडभान्स’ मा जम्मा गर्न निर्देशन दिएका छौं। हामीले बाँकी कम्पनीहरुलाई पनि पालै-पालाे बोलाएर निर्देशन दिन्छौ।’ समितिले हकप्रद वापतको संस्थापकबाट प्राप्त हुने रकम जम्मा गर्न निर्देशन दिएको हो ।

समितिले गत साउन ६ गते न्युनतम चुक्ता पूँजी नपुर्याउन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन नसक्ने कारण सहित ७ दिनभित्रमा लिखत जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यस अनुसार बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी पुर्याउने प्रतिबद्धता जनाएका थिए।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले न्यूनतम दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।