सनराइज क्यापिटलले लाभांश वितरण गर्न बोलायो साधारणसभा

Sep 05, 2019 11:24 AM Merolagani



सनराइज क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको नवौं साधारणसभा आब्हान गरेको छ। क्यापिटलले असोज १० गते दिउसो ४ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाण्डौमा साधारणसभा बोलाएको हो ।

साधारणसभामा क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

त्यसैगरी साधारणसभामा वार्षिक प्रतिवेदन र नाफा नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव लैजादैँछ।