राधी विद्युतको बोनस शेयर सूचीकृत

Sep 06, 2019 05:31 PM merolagani



राधी विद्युतले अघिल्लो आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता बोनस शेयर भदौ २० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । 

राधी विद्युतको असार २९ गते सम्पन्न १३ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पारित गरेको थियो । सोही बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । 

लाभांश वितरणको लागि कम्पनीले असार ९ गते शेयरधनी दर्ता किताब बन्द गरेकाले असार ८ गते आइतबारसम्म कायम भएका शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

बोनश वितरणपछि कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रूपैयाँ पुगेको छ ।

लमजुङको राधी खोलामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले दोलखामा निर्माण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।