सुनको मूल्य बुधबार स्थिर, चाँदीको बढ्यो

Sep 11, 2019 11:42 AM Merolagani



सुनको मूल्य भदौ २५ गते बुधबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन अघिल्लो दिनकै मूल्य ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन मंगलबार सुन तोलामा ७ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा झरेको थियो। साउनदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो समय भने केहि घट्न थालेको छ।

 

बुधबार चाँदीको मूल्यमा भने बृद्धि भएको छ। चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।