सुनको मूल्य बुधबार स्थिर, चाँदीको बढ्यो

Sep 11, 2019 11:42 AM Merolagani



सुनको मूल्य भदौ २५ गते बुधबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन अघिल्लो दिनकै मूल्य ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन मंगलबार सुन तोलामा ७ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा झरेको थियो। साउनदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो समय भने केहि घट्न थालेको छ।

 

बुधबार चाँदीको मूल्यमा भने बृद्धि भएको छ। चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।