एभरेष्ट बैंकको अग्राधिकार शेयर साधारणमा परिणत हुने, असोज २ गतेदेखि बुकक्लोज

Sep 11, 2019 01:52 PM Merolagani



एभरेष्ट बैंक (EBL) ले ७ प्रतिशत अग्राधिकार शेयर जारी गरेकोमा सो शेयरको २० प्रतिशत शेयर साधारणमा परिवर्तन गर्ने भएको छ। यसअघि ३ पटक अग्राधिकार शेयरलाई साधारणमा परिवर्तन गरिसकेको यस बैंकले असोज ९ गते चौंथो पटक अग्राधिकार शेयरलाई साधारणमा परिवर्तन गर्न लागेको हो।

बैंकले उक्त अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन गर्ने प्रयोजनका लागि बैंकले असोज २ गते बिहीबारदेखि असोज ३० गतेसम्म उक्त अग्राधिकार शेयरको शेयर दाखिला दर्ता बन्द गर्ने भएको छ।

यसअनुसार अग्राधिकार शेयरको कारोबार २०७६ असोज १ गते बुधबारसम्म मात्र हुनेछ। बैंकले अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५ (क) मा उल्लेख भए बमोजिम बैंकले हरेक ३/३ वर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिवर्तन गर्नुपर्ने प्रावधान रहेको छ।यहि प्रावधान अनुसार बैंकले चौथो पटक अग्राधिकार शेयर हिस्सा घटाउन लागेको हो।

बैंकले कूल २० लाख कित्ता अग्राधिकार शेयर जारी गरेको थियो। सो मध्ये यसअघि तीन पटकमा १२ लाख कित्ता अग्राधिकार शेयर साधारणमा रुपान्तरण गरिसकेको छ । अब बाँकी रहेको ८ लाख कित्तामध्ये असोज ९ गते ४ लाख कित्ता शेयर साधारणमा रुपान्तरण गर्न लागेको हो । यसबाट पनि बाँकी रहेको ४ लाख कित्ता शेयर भने अबको ३ वर्षपछि मात्र सर्वसाधारणमा परिवर्तन गर्न मिल्छ।

 

 

 




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।