सेञ्चुरी कमर्सियल बैंक पनि आरटीजीएस प्रणाली आवद्ध

Sep 11, 2019 02:12 PM Merolagani



सेञ्चुरी कमर्सियल बैंक (CCBL) पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणलीमा आवद्ध भएको छ। भदौ २२ गते बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको हो।

सम्झौता अनुसार सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सकिनेछ।

सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका हुन्। 

राष्ट्र बैंकले 'क' वर्गका बैंकहरुलाई भदौ २४ गते देखि मंगलबारदेखि लागू आरटीजीएस प्रणाली गर्न निर्देशन दिएको थियाे। 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।