अर्थमन्त्री भन्छन्:- आईपीओ जारी गरेर पूर्वाधार विकासमा लगानी जुटाउन सकिन्छ

Sep 11, 2019 06:04 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले पूवार्धार विकासमा लागि लगानीको स्रोत जुटाउन प्रथामिक शेयर (आईपिओ) जारी गर्न सकिने बताएका छन्। बुधबार राजधानीमा आयोजित पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि चाहिने स्रोत जुटाउन शेयर बजार उपयुक्त स्थान भएको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा पूर्वाधार विकासका लागि लगानी आवश्यक भएको र पूर्वाधार विकासका लागि चाहिने स्रोत जुटाउन शेयर बजारलाई उपयोग गर्न सकिने बताएका हुन्। 

लगानी जुटाउनुको लागि शेयर बजार नै राम्रो स्रोत रहेको र बण्ड मार्केट पनि प्रभावकारी माध्यम हुन सक्ने उनको भनाई छ।

देशमा राजनीतिक अवस्था राम्रो भएको अवस्थामा लगानीको नाममा विदेशबाट ऋण नल्याउन खतिवडाले आग्रह गरेका छन्। उनले भने विदेशबाट ऋण होइन लगानी ल्याउने हो। वैदेशिक ऋणको रुपमा भन्दा इक्विटीका रुपमा विदेशी लगानी भित्र्याउनुपर्ने उनको भनाई थियो।

सरकारले पूर्वाधारमा लगानी गर्नेहरुका लागि करमा सहुलियत दिएको समेत उनले बताए। नेपालमा पूर्वाधारमा लगानी गर्नेलाई करमा समेत सहुलियतको व्यवस्था छ। नेपालमा लगानी गरेका विदेशी कम्पनीले सबैले कम्तिमा २५ प्रतिशत लाभांश लैजाने गरेको भन्दै उनले अन्य देशमा गरिएको लगानीबाट  दश प्रतिशत प्रतिफल निकाल्न मुस्किलपर्ने गरेको उल्लेख गर्दै नेपाल लगानीका लागि उर्वर ठाउँ भएको बताए।

अर्थमन्त्री लगानी भित्र्याउनुमा कुनै कानूनीले अप्ठेरो बनाएमा सम्बन्धितहरुसँग छलफल गरी  उक्त कानूनमा समेत सुधार गर्न सरकार तयार रहेको बताए। उनले विदेशबाट ठूला लगानी भित्र्याउनका लागि छिट्टै हेजिङ फण्डको सञ्चालनको तयारी भैइसकेको समेत जानकारी दिए।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।