समता लघुवित्तको २००% हकप्रद मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउने

Sep 17, 2019 02:54 PM Merolagani



समता लघुवित्त वित्तीय संस्था (SMATA) को २०० प्रतिशत हकप्रद भदौ ३१ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। लघुवित्तले असोज १ गते बुधबार हकप्रदका लागि बुकक्लोज गर्दैछ।

लघुवित्त सञ्चालक समितिको भदौ २४ गते बसेको ८० औं बैठकले असोज १ गते हकप्रदको बुकक्लोज गर्ने निर्णय गरेको थियो।

यसअनुसार समताको हकप्रद पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ। बुधबारपछि शेयर किन्नेले भने हकप्रद पाउँदैनन्।

पूँजीवृद्धि गर्न लघुवित्तले एनआईबिएल एस क्यापिटल मार्फत १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री गर्न लागेको हो।

लघुवित्तले धितोपत्र बोर्डबाट भदौ २९ गते ६ करोड ६ लाख ७२ हजार चुक्ता पूँजीको १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री अनुमति पाएको थियो। उक्त हकप्रद प्रस्ताव लघुवित्तका २०७५ मंसिर २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो।

हकप्रदपछि लघुवित्तको पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्षमा लघुवित्तले अघिल्लो आवको तुलनामा २४९ प्रतिशतले खुद नाफा बढाएर २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा कायम गरेको छ। लघुवित्तको जगेडा कोषमा ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ ।

लघुवित्तको भदौ ३१ गते दोस्रो बजारमा प्रतिकित्ता एक हजार २६५ रुपैयाँ हाराहारीमामा शेयर कारोबार भएको छ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।