शेयर बजारमा चार महिनापछि उच्च बढोत्तरी, अधिकांश कम्पनीको मूल्य बढ्दा लगानीकर्ता आशावादी

Sep 17, 2019 04:13 PM Merolagani



शेयर बजार सूचक नेप्सेमा ४ महिना पश्चात भदौ ३१ गते मंगलबार २५ अंकभन्दा बढीको उच्च अंकको वृद्धि देखिएको छ। यसअघि गत बैशाख ८ गते नेप्से ३१.९४ अंकले बढेको थियो। यसबीचमा भदौ १६ गते नेप्से २०.५६ अंकले बढेको थियो।

पछिल्लो समय लगातार घटेको शेयर बजारमा मंगलबार लामो समयपश्चात उच्च अंक सहित उत्साहजनक वृद्धि देखिएको हो। पछिल्लो ८ दिनसम्म लगातार शेयरमूल्य अवमूल्यन भएपछि नवौं दिनमा मंगलबार नेप्से सूचक झण्डै २७ अंकले बढेको हो।

भदौ १८ गते ३ अंकको सामान्य सुधार पश्चात नेप्से सूचक भदौ १९ गतेदेखि लगातार  ८ दिनसम्म ७१ अंकले घटेको थियो। शेयर बजार मंगलबार एकैदिन २६.९१ अंकले बढेर ११५०.७४ बिन्दुमा पुगेको छ।

शेयर बजारमा सूचीकृत अधिकांश कम्पनीको शेयरमूल्य घटेर अन्डरभ्यालु हुँदा सस्तोमा शेयर उठाउने लगानीकर्ताहरु सक्रिय भएपश्चात बजारमा उच्च अंकको सुधार आएको हो। शेयरमूल्य घटेर तल्लो बिन्दुमा झर्दा  बजारमा लगानीकर्ताले शेयर खरिद चाप बढाउँदा बजारमा चमक देखिएको हो।

कर्मचारी सञ्चय कोषको कार्यक्रममा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको सकारात्मक अभिब्यक्तिले शेयर बजार बढ्न सहयोग पुगेको छ।

शेयर बजारको बारेमा नकारात्मक धारण ब्यक्त गर्ने आलोचना खेपेका खतिवडाले मंगलबार शेयर बजारमा लगानी बढाउनुपर्ने सकारात्मक धारण राखेपछि शेयर बजारमा सुधार देखिएको हो।

शेयर बजार घटेर तल्लो विन्दुमा झरेपछि खतिवडाले मंगलबार शेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको धारण ब्यक्त गरेका थिए। उनको अभिव्यक्तिले शेयर बजारमा सुरुवात देखि नै लगातार वृद्धि भएको थियो। 

यस दिन नेप्से सूचक उच्च अंकले बढेपनि कारोबार रकममा भने धेरै वृद्धि भएन। अघिल्लो दिन सोमबार ३४ करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएकोमा मंगलबार ४ करोड रुपैयाँ बढी अर्थात ३८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन १७१ वटा कम्पनीको १३ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको हो।

यस दिन मंगलबार नै लाभांश प्रस्ताव गरेको सिद्धार्थ बैंकको सबैभन्दा धेरै ३ करोड ४९ लाख रुपैयाँ बाराबरको शेयर कारोबार भयो भयो भने नेपाल बैंकको २ करोड ९७ लाख रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ। त्यस्तै नेपाल लाइर्फ इन्स्योरेन्सको २ करोड ८३ लाख रुपैयाँ बाराबरको शेयर कारोबार भयो भने अन्य ४ कम्पनीको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारो्बार भएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।