माछापुच्छ्रे बैंकको १९ औं वार्षिककोत्सवमा १९ छुटको बहार

Sep 18, 2019 06:56 PM Merolagani



माछापुच्छ्रे बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १९ प्रकारका छुट योजना ल्याएको छ। यस योजनाअन्तर्गत असोज महिना भरि सबै शाखा मार्फत बिभिन्न १९ प्रकारका थप सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

यस योजनाअनुसार ग्राहकले असोज महिनाभर निशुल्क डेबिट कार्ड पाउनेछन भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोल्न पाउनेछन्।

त्यस्तै देशभरका भाटभटेनी सुपरमार्केटहरुमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा ग्राहकले १० प्रतिशत सम्मको क्यास व्याक अफर पाउनेछन्।

त्यस्तै योजना अवधिभर लकर सुविधा लिन चाहनेले ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा पाउनेछन्।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले देशभर आफ्ना १३७ शाखा, १२८ शाखा रहित बैकिङ्ग सेवा, १६० वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।