अर्थमन्त्रीको अभिव्यक्तिको असर नेप्सेमा देखिएन, सातामा कारोबार भने २१% ले बढ्यो

Sep 20, 2019 05:43 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाको शेयर बजारप्रति सकारात्मक अभिब्यक्तिले पनि सातामा नेप्से परिसूचक सुधार हुन सकेन। पाँचै दिन खुलेको शेयर बजार दुई दिन उच्च अंकको वृद्धि देखिएपनि तीन दिन दोहोरो अंकले बजार घट्दा समग्र बजार परिसूचक नेप्से २.५८ अंकले घटेर ११५५.३० बिन्दुमा झरेको हो।

यस साताको पहिलो कारोबार दिन ११५७.८८ बिन्दुमा खुलेको नेप्से सूचक अन्तिम कारोबार दिन ११५५.३० बिन्दुमा झरेको छ।

यस साता १८४ कम्पनीहरुको ६५ लाख ८७ हजार कित्ता शेयर ३७ हजार ८५५ पटक खरीद बिक्रीबाट एक अर्ब ८९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो साता १९० कम्पनीका ६६ लाख ५५ हजार कित्ता शेयर ३२ हजार २०८ पटक खरीद बिक्री भई एक अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो। नेप्से सूचक सामान्य अंकले ऋणात्मक बनेपनि साताको कारोबार रकम भने ३३ करोड २३ लाख अर्थात २१.३० प्रतिशतले बढेको छ।

दुई दिनको उच्च अंकले यस सातामा पूँजीकरण खासै प्रभाव देखिएको छैन। सातामा लगानीकर्ताहरुको पूँजीकरण ०.२१ प्रतिशतले घटेर १४ खर्ब ६७ अर्ब ४४ करोडमा झरेको छ। अघिल्लो साता १४ खर्ब ७० अर्ब ५८ करोड बराबरको बजार पूँजीकरण रहेको थियो।

  • शिवम् सिमेन्टको उच्च कारोबार

यस साता कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् अग्रस्थानमा रहेको छ। शिवमको १५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै सिद्धार्थ बैंकको ११ करोड ६५ लाख, नेपाल बेंकको १० करोड ८ लाख, नेपाल लाइफ इन्स्यारेन्सको ९ करोड ५० लाख र प्रभु बैंकको ६ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कृषि विकास बैंक, रसुवागढी हाइड्रोपावर, सानिमा बैंक, नागरिक लगानी कोष, र एनआईसी एशिया बैंकको चार करोड बढीको शेयर यस साता खरि बिक्री हुँदै शिर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन्।

यस्तै शेयर कारोबार भएको कित्ताको आधारमा सिद्धार्थ बेंकको शेयर सबैभन्दा धेरै ३ लाख ६० हजार कित्ता कारोबार भएको छ। यस्तै नेपाल बैंकको ३ लाख ४३ हजार र रसुवागढी हाइड्रोपावरको २ लाख ८९ हजार कित्ता शेयर कारोबार भएको छ।

शेयर करोबार संख्याको आधारमा भने रसुवागढी हाइड्रोपावरको सबैभन्दा धेरै ३ हजार ७९१ पटक कारोबार भएको छ। यस्तै साञ्जेनको ३ हजार ३९३, शिवम् सिमेन्टको १ हजार ६१२ र सिद्धार्थ बैंकको १ हजार १६३ पटक शेयर कारोबार भएको छ।

नेपाल लाईफ, अपर तामाकोशी, प्रभु बैंक, नेपाल बैंक, आधिँखोला लघुवित्त र एनआईसी एशिया बैंकको शेयर कारोबार भएको संख्याका आधार धेरै पटक खरीद बिक्री भए।

  • दुई कम्पनीको ९१ लाख कित्ता शेयर सूचीकृत

यस साता नेप्सेमा रिलायन्स फाइनान्सको बोनस र एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर गरि ९१ लाख ११ हजार ३४९ कित्ता शेयर सूचीकृत भएको छ।

रिलायन्स फाइनान्सको ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।