लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

Sep 22, 2019 05:35 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले अघिल्लो अर्थिक वर्ष २०७४/०७५ वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गरेको १७.०७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। 

 

बैंकले आर्थिक वर्ष २०७४/७५को कमाईबाट शेयरधनीहरुलाई ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको ३७ लाख ७१ हजार ९७२ कित्ता बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। सोहि शेयर आइबार नेप्सेमा सूचीकृत भएको हो । 

बैंकले बोनसमा लाग्ने करका लागि नगद लाभांश भने छुट्याको थिए। बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैँले तिनुपर्ने हुन्छ। 

हाल २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको गत साउन २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियोे। साधारणसभा तथा बोनस शेयर प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि बुक क्लोज गरेकोले साउन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त बोनस शेयर पाउनेछन्।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।