शहिद परिवारलाई दुर्घटना बीमामा ५० प्रतिशतसम्म छुट

Sep 26, 2019 11:03 AM Merolagani



बीमा समितिले शहिद परिवारलाई सहुलियतमा बीमा सुविधा प्रदान गर्ने निर्देशन दिएको छ। समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सहिदको परिवारलाई सहुलियत पूर्ण दरमा दुर्घटना बीमालेख जारी गर्ने निर्देशन दिएको हो।

 

 समितिले असाेज ७ गते निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको सर्कुलरमा नेपालको संविधान जारी भएको चौथों वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा देशको लागि आफ्नो ज्यान आहुती गर्ने सहिदका परिवारलाई कदर गर्ने उदेश्यले सहुलियत पूर्ण दरमा दुर्घटना बीमाले जारी गर्न निर्देशन दिएको छ ।

बीमा समतिले सहिद परिवारको लागि ७ लाखको दुर्घटना बीमा सुविधामा छुट दिने गरी योजना सार्वजनिक गरेको छ।

समितिले सहिद परिवारको सदस्यहरुलाई दुर्घटना बीमा गराउँदा कुल बीमा शुल्कको ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।