शहिद परिवारलाई दुर्घटना बीमामा ५० प्रतिशतसम्म छुट

Sep 26, 2019 11:03 AM Merolagani



बीमा समितिले शहिद परिवारलाई सहुलियतमा बीमा सुविधा प्रदान गर्ने निर्देशन दिएको छ। समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सहिदको परिवारलाई सहुलियत पूर्ण दरमा दुर्घटना बीमालेख जारी गर्ने निर्देशन दिएको हो।

 

 समितिले असाेज ७ गते निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको सर्कुलरमा नेपालको संविधान जारी भएको चौथों वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा देशको लागि आफ्नो ज्यान आहुती गर्ने सहिदका परिवारलाई कदर गर्ने उदेश्यले सहुलियत पूर्ण दरमा दुर्घटना बीमाले जारी गर्न निर्देशन दिएको छ ।

बीमा समतिले सहिद परिवारको लागि ७ लाखको दुर्घटना बीमा सुविधामा छुट दिने गरी योजना सार्वजनिक गरेको छ।

समितिले सहिद परिवारको सदस्यहरुलाई दुर्घटना बीमा गराउँदा कुल बीमा शुल्कको ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।