शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंककाे स्वीकृति

Sep 26, 2019 12:41 PM Merolagani

नेपाल राष्ट्र बैंकले शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । यस्तै उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तको मर्जरलाई पनि सैद्धान्तिक सहमति दिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको असार २७ गते सम्पन्न विशेष साधारणसभाले भार्गव बिकास बैंक र पूर्णिमा बिकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।जसमध्ये भार्गव बिकास बैंकलाई राष्ट्र बैंक सन्चालक समितिले अनुमति दिएकाे हाे ।

बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ ।

हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ ।

यसैगरी राष्ट्र बैंकले  उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तलाई पनि मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । उन्नति माइक्रोफाइनान्स  र सहकार्य लघुवित्त वित्तीयसंस्थाबीच मर्जरमा जान बिहीबार साउन ९ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ ।

हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ । दुई संस्थाबीच पुस महिनाभित्र एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।