कम्पनी वर्गिकरणको लागि नेप्सेले माग्यो सूचीकृत कम्पनीहरुसँग विवरण

Sep 26, 2019 03:25 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीहरुको वर्गिकरणको लागि सूचीकृत कम्पनीहरुसँग विभिन्न शिर्षकहरुमा विवरणहरु माग गरेको छ। सूचीकृत कम्पनीहरुलाई नेप्सेले तोकिएको ढाँचामा फारम भरी असोज मसान्तभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

नेप्सेले हरेक त्रैमासमा गर्दै आएको कम्पनीहरुको वर्गिकरणको लागि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, वितरित लाभांश, विवरण, वार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग लगायतका विवरणहरु माग गरेको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनी वर्गिकरण गर्नुपर्ने भएकाले विवरण माग गरेको हो। कम्पनीहरुले उपलब्ध गराउको उक्त विवरण अनुसार नेप्सेले सूचीकृत कम्पनीहरुलाई 'ए', 'वि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्नेछ। 

नियामक निकायले तोकेको नियम पालना गरी तोकिएकै समयमा साधारणसभा र वित्तीय विवरण प्रकाशन गर्ने तथा अन्य तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीहरु वर्गिकरणको ए वगमा पर्नेछन भने नियामकको नियम पालना नगर्ने कम्पनीहरु जेड वर्गमा पर्नेछन्।

सूचीकृत संगठित संस्थाको वर्गिकरण अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने र सोही अनुसार कारोबारलाई सहजीकरण हुने बताइएपनि नेप्सेको वर्गिकरणकै आधारमा लगानी गर्ने स्थिति भने देखिँदैन।

नेप्सेले यसअघि गरेको वर्गिकरणमा राम्रा मानिएका वाणिज्य बैंक तथा अन्य सूचीकृत कम्पनीहरु पनि जेड वर्गमा परेका थिए जसले नेप्सेको वर्गिकरणको आधारमा कुनै पनि कम्पनीलाई राम्रो वा नराम्रो भन्न सकिने अवस्था भने देखिदैन।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।