माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

Sep 27, 2019 11:09 AM Merolagani

माछापुच्छ्रे बैंक (MBL) को नेपाल स्टक एक्सचेञ्जमा असोज १० गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको कमाईबाट बोनस वितरण गर्न बैंकले शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजान गरी नयाँ मूल्य कायम गरेको हो। 

नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २३१ रुपैयाँ शेयरमूल्य कायम गरेको छ । शुक्रबार नेप्सेमा  शेयर कारोबार नहुने भएकाले समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले गत आर्थिक वर्षको २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश अनुमोदन गर्न बैंकले  असोज २४ गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि भदौ १० गतेदेखि शेयरधनी दर्ता किताब बन्द गरेकाले असोज ९ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।