सानिमा बैंकको शेयरमूल्य समायोजन

Sep 30, 2019 10:46 AM Merolagani



सानिमा बैंक (SANIMA) को  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज १३ गते सोमबार शेयरमूल्य समायोजन भएको छ। 

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश वितरण गर्न सोमबार बुकक्लोज गरेसंगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१५ रुपैयाँ कायम गरेको छ। यसअनुसार सोमबार समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्न असोज २९ गते पन्ध्रौ वार्षिक साधारण सभा आब्हान गरेको छ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते सोमबार १ दिनको लागि बुकक्लोज गरेको हो । असोज ज्ञ२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बोनस वितरणपश्चात बैंकको पूँजी बृद्धि हुने भएकाले सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।