सानिमा बैंकको शेयरमूल्य समायोजन

Sep 30, 2019 10:46 AM Merolagani



सानिमा बैंक (SANIMA) को  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज १३ गते सोमबार शेयरमूल्य समायोजन भएको छ। 

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश वितरण गर्न सोमबार बुकक्लोज गरेसंगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१५ रुपैयाँ कायम गरेको छ। यसअनुसार सोमबार समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्न असोज २९ गते पन्ध्रौ वार्षिक साधारण सभा आब्हान गरेको छ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते सोमबार १ दिनको लागि बुकक्लोज गरेको हो । असोज ज्ञ२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बोनस वितरणपश्चात बैंकको पूँजी बृद्धि हुने भएकाले सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।