दशैं अघि शेयर कारोबार गर्ने अन्तिम दिन नेप्से सूचक सकारात्मक, कारोबार रकम बढेन

Oct 03, 2019 06:39 PM Merolagani



दशैं अघि शेयर कारोबार गर्ने अन्तिम दिन बिहीबार शेयर बजार सकारात्मक देखिएको छ। अघिल्लो दिन ४ अंकले घटेको नेप्से सूचक बिहीबार बढेपनि कारोबार रकम भने बढ्न सकेन। 

बिहीबार कारोबारमा आएका अधिकांश कम्पनीकाे शेयरमूल्य बढ्दा नेप्से सूचक ८.६९ प्रतिशतले बढेर ११४९.४० बिन्दुमा पुगेको छ। यसदिन कारोबारमा आएका १०६ वटा कम्पनीकाे शेयरमूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २१ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन। 

सोमबार र मंगलबार दोहोराे अंकले बढेको नेप्से सूचक बुधबार सामान्य घटेको थियो। बिहीबार नेप्से सूचक बढेपनि कारोबार रकम भने घटेको छ।  

अघिल्लो दिन २० करोड ३२ लाख रुपैयाँको कारोबार भएको बजारमा बिहीबार कारोबार रकम ३ करोड रुपैयाँभन्दा धेरैले घटेको हो। सूचक बढेपनि कारोबार रकम घट्दै जानु राम्रो भने होइन।

दशैंपछि मात्र खरीद, बिक्रीकाे भुक्तानी हुने भएपछि लगानीकर्ताले काराेवारकाे लागि रूचि देखाएनन् भने कतिपय लगानीकर्ता दशैंका लागि घर लागिसकेका छन्।

यसदिन १५३ वटा कम्पनीको ६ लाख ४७ हजार कित्ता शेयर १७ करोड ६६ लाख रुपैयाँमा खरीद बिक्री भयो।

बिहीबार सोल्टी होटलको सबैभन्दा धेरै ३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने सिद्धार्थ बैंकको १ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै शिवम् सिमेन्टसको ९२ लाख १३ हजार, प्रभु बैंकको ७९ लाख ८० हजार, र स्वाबलम्बन लघुवित्तको ४७ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

  • युनिलिभर नेपालको शेयरमूल्यमा पोजेटिभ सर्किट,युनाइटेड फाइनान्सका शेयरधनीले गुमाए

यसदिन युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । शेयर बजारमा सबैभन्दा महंगो शेयरमूल्य रहेको युनिलिभरको शेयरमूल्य एकैदिन १ हजार ८३५ रुपैयाँले बढेर २० हजार १८५ रुपैयाँ पुगेको हो।

त्यसैगरी सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीकाे शेयरमूल्य ३.९६ प्रतिशत, कालिका पावर कम्पनीको ३.९५ प्रतिशत, सिटी एक्सप्रेस फाइनान्सको ३.७० प्रतिशत र लक्ष्मी लघुवित्तको ३.६९ प्रतिशतले बढेको छ ।

त्यस्तै बिहीवार युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घटेको छ भने अरुण भ्याली हाइड्रोपावरको ४.०८ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ४ प्रतिशत, बैंक अफ काठमाण्डूको ३.७८ प्रतिशत, मिथिला लघुवित्तको ३.७३ प्रतिशत, रिडी हाइड्रोपावरको ३.६१ प्रतिशत र बेष्ट फाइनान्सको शेयरमूल्य ३.३३ प्रतिशतले घटेको छ।

बिहीबार कारोबारमा आएका ११ उपसमूहका सूचकमध्ये फाइनान्सको सूचक नकारात्मक देखियो भने बाँकी १० वटा उपसमूहका सूचक सकारात्मक देखिए। यस दिन उत्पादनमूलक उपसमूहको सूचक सबैधन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।