शाइन रेसुङ्गाले असोज २७ गतेदेखि दुई विकास बैंकलाई गाभेर एकीकृत कारोबार थाल्ने

Oct 04, 2019 02:12 PM Merolagani



शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा र भार्गव विकास बैंकलाई   प्राप्ती गरि असोज २७ गते सोमबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ। शाइनले नेपाल राष्ट्र बैंकबाट असोज ९ गते पूर्णिमा र भार्गवलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबार मिति तोकेको हो।

यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १६ गते पूर्णिमा र भार्गवको सम्पत्ति तथा दायित्व सकार्ने/ब्यहोर्ने गरि एकीकृत कारोबार थाल्न अनुमति प्राप्त गरेको थियो।

यससँगै असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव बैंक शाइन शेसुङ्गा डेभलपमेण्ट बैंकमा विलय भएर शाइन शेसुङ्गा बैंक कै नामबाट कारोबार हुनेछ ।

तीनवटै बैंकले असार २७ गते सम्पन्न विशेष साधारण सभाबाट गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। तीन बैंकबीच गत जेठ महिनामा प्राप्ति तथा एक्विजिशन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

तीन बैंक एक भए पछि चुक्ता पूँजी दुई अर्ब ६४ करोड ९२ लाख ६६ हजार रुपैयाँ नाघ्नेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।