शेयर बजारमा कारोबार र सूचक बढ्दा बजार पूँजीकरण २४ अर्ब ८६ करोडले बढ्यो

Oct 05, 2019 04:33 AM Rabin Poudel

शेयर बजारमा एक सातामा झण्डै १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। पाँचै दिन खुलेको यो साताको बजारमा कारोबार रकम अघिल्लो साताको तुलनामा झण्डै १० करोड रुपैयाँले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको हो। यो साता १८४ वटा कम्पनीको ४३ लाख ७७ हजार कित्ता शेयर कारोबार भयो।

  • बजार पूँजीकरण २४ अर्ब ८६ करोडले बढ्यो

पछिल्लो समय लगातार घट्दै गइरहेको बजार पूँजीकरण यस साता भने बढेको छ। अधिकांश कम्पनीको शेयरमूल्य बढेर नेप्से सूचक बढ्दा बजार पूँजीकरण बढेको हो।

यो साता शेयर बजारमा नेप्से सूचक बढेर कम्पनीको शेयरमूल्यमा भएको वृद्धि तथा दुई कम्पनीको १ करोड ४१ लाख कित्ता बोनस शेयर थपिदा बजार पूँजीकरण झण्डै २५ अर्ब रुपैयाँले बढेको हो।

अघिल्लो साता १४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण २४ अर्ब ८६ करोडले बढेर १४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको हो। 

  • नेप्से परिसूचक झण्डै २० अंकले बढ्यो

सातामा नेप्से परिसूचक पनि झण्डै २० अंकले बढेको छ। अघिल्लो साता ११२९.८१ बिन्दुमा रहेको नेप्से सूचक १९.५९ अंकले बढेर ११४९.४ बिन्दुमा पुगेको हो ।

पाँचै दिन खुलेको यस साताको बजारमा तीन दिन नेप्से सूचक सकारात्मक देखिएको थियो । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजार बिहीबार पनि ४ अंकले बढेको थियो । आइतबार र बुधबार भने नेप्से सूचक सामान्य घटेको थियो।

  • बजार पूँजीकरणको पहिलो स्थानमा नेपाल टेलिकम

कूल बजार पूँजीकरणको पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी ९५ अर्ब ५५ करोड सहित पहिलो नम्बरमा रहेको छ। एक खर्ब १० अर्ब हाराहारी बजार पूँजीकरण रहेको कम्पनीको शेयरमूल्य घट्दा १५ अर्बले पूँजीकरण क्षति भई ९५ अर्बमा झरेको हो।

दोस्रो ठुलो  बजार पूँजीकरणको स्थानमा रहेको नबिल बैंकको ६९ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५७ अर्ब १४ करोड, स्ट्याण्डर्ड चार्टड बैंक ४६ अर्ब ४६ करोड, एभरेष्ट बैंक ४६ अर्ब १५ करोड, हिमालयन बैंक ४३ अर्ब ११ करोड, नेपाल लाईफ ४२ अर्ब ३२ करोड, एनआईसी एशिया ३७ अर्ब ८० करोड, कृषि विकास बैंक ३७ अर्ब ५० करोड र नेपाल एनएमबि बैंक ३६ अर्ब ७४ करोड पूँजीकरण सहित सातको शिर्ष दश ठूलो पूँजीकरण भएको कम्पनीमा समेटिएका छन्। 

  • शिवम् सिमेन्टसको सबैभन्दा धेरै कारोबार, वाणिज्य बैंकहरुको दबदबा

यस सातामा शिवम् सिमेन्टसको सबैभन्दा धेरै ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

सातामा धेरै कारोबार हुने अग्रपङ्गतिमा वाणिज्य बैंकहरु नै देखा परेका छन्। उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक रहेका छन्। जसमध्ये ३ वाणिज्य बैंकको संस्थापक शेयर कारोबार भएको छ।

सातामा दोस्रो ठूलो रकमको शेयर कारोबार  भने नेपाल बंलादेश बैंकको संस्थापक शेयरको भयो। बैंकको ७ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

त्यसैगरी प्रभु बैंक र सिद्धार्थ बैंक उच्च कारोबार गर्ने कम्पनीको तेस्रो र चौथो स्थानमा छन् । यस साता प्रभु बैंकको ६ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ४ करोड ५३ लाख, बैंक अफ काठमाण्डूको संस्थापक शेयरको ४ करोड २८ लाख, सानिमा बैंकको ४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ३ करोड ४१ लाख, सोल्टी होटलको ३ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३१ लाख र बैंक अफ काठमाण्डूको ३ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।