सनराइज बैंकको बडा दशैंको अवसरमा निःशुल्क बस सुविधा

Oct 07, 2019 03:33 AM Merolagani



सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ।

“सनराइज दशैं यात्रा हामी सँग सँगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा सञ्चालन गर्नेछ जसमा बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरmमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।