माछापुच्छ्रे बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, १६% लाभांश अनुमोदन

Oct 13, 2019 08:54 AM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को २१ औं वार्षिक साधारणले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश पारित गरेको छ।

होटल पोखरा ग्राण्डमा असोज २४ गते शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

यस्तै साधारण सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न-गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ। यस्तै बैंकको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित समेत गरेको छ ।

 

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।

माछापुच्छ्रे बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा गरि जम्मा २७० स्थानबाट प्रदान गर्दै आइहेको छ। बैंकको १६२ वटा एटीएमहरु सञ्चालनमा छन् भने ७ लाखभन्दा बढी ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।