वक्तव्यमा दुई देशीय सम्वन्धलाई रणनीतिक साझेदारीमा विकास गर्ने, बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनबारे उल्लेख गरिएको छ । 
यस्तै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने र केरुङ-काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा जाेड दिइएकाे छ । 
यस्तै संयुक्त वक्तव्यमा दुई देशको विकास र स्थायित्वको लागि पारस्परिक सेवा निरन्तर रहने  उल्लेख छ । नेपालले एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने वक्तव्यमा उल्लेख गरिएकाे छ । 
नेपालको तिव्र आर्थिक विकासको लागि चीन सहयोगी रहने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।