नेपाल र चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी, रेल्वेको सम्भाव्यता अध्ययनमा जोड

Oct 13, 2019 06:05 PM Merolagani



नेपाल र चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि दुबै देशले संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्यमा दुई देशीय सम्वन्धलाई रणनीतिक साझेदारीमा विकास गर्ने, बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनबारे उल्लेख गरिएको छ ।

यस्तै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने र केरुङ-काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा जाेड दिइएकाे छ । 

यस्तै संयुक्त वक्तव्यमा दुई देशको विकास र स्थायित्वको लागि पारस्परिक सेवा निरन्तर रहने  उल्लेख छ । नेपालले एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने वक्तव्यमा उल्लेख गरिएकाे छ । 

नेपालको तिव्र आर्थिक विकासको लागि चीन सहयोगी रहने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।





के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।