नेशनल लाइफ इन्स्याेरेन्सको साधारण सभा आह्वान, लाभांशको बुकक्लोज कहिले ?

Oct 14, 2019 11:36 AM Merolagani



नेशनल लाइफ इन्स्याेरेन्स (NLICL) ले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि कार्तिक २४ गते ३१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। 

सञ्चालक समितिको असोज २४ गते बसेको ४१८ औं बैठकले कार्तिक २४ गते आइतबार बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा बोलाएको हो ।.

साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कूल १४.५० प्रतिशत लाभांश पारित गर्नेछ। सञ्चालक समिति प्रस्ताव गरे अनुसार कम्पनीको हाल कायम ३ अर्ब ७५ लाख रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत अर्थात ३९ लाख ५७ हजार रुपैयाँ नगद लाभांश (बोनस शेयरको कर सहित) स्वीकृत गर्नेछ। यस्तै २.५० प्रतिशत बोनस शेयर पनि साधारण सभाबाट पारित गर्नेछ ।

यस्तै साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत शेयर हिस्सा कायम गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १० गते देखि २४ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।