नेशनल लाइफ इन्स्याेरेन्सको साधारण सभा आह्वान, लाभांशको बुकक्लोज कहिले ?

Oct 14, 2019 11:36 AM Merolagani



नेशनल लाइफ इन्स्याेरेन्स (NLICL) ले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि कार्तिक २४ गते ३१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। 

सञ्चालक समितिको असोज २४ गते बसेको ४१८ औं बैठकले कार्तिक २४ गते आइतबार बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा बोलाएको हो ।.

साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कूल १४.५० प्रतिशत लाभांश पारित गर्नेछ। सञ्चालक समिति प्रस्ताव गरे अनुसार कम्पनीको हाल कायम ३ अर्ब ७५ लाख रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत अर्थात ३९ लाख ५७ हजार रुपैयाँ नगद लाभांश (बोनस शेयरको कर सहित) स्वीकृत गर्नेछ। यस्तै २.५० प्रतिशत बोनस शेयर पनि साधारण सभाबाट पारित गर्नेछ ।

यस्तै साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत शेयर हिस्सा कायम गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १० गते देखि २४ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।