सानिमा बैंकको ८ अर्ब ८० करोड चुक्ता पूँजी कायम

Oct 16, 2019 05:29 PM Merolagani



सानिमा बैंक (SANIMA) को २१.०५ प्रतिशत लाभांश पारित भएको छ। बैंकको असोज २९ गते बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँ बराबरको बोनस अनुमोदन पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ कायम भएको छ।

त्यसैगरी बैंकले कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्ने तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

यसैगरि बोनस वितरण पश्चात बैंकको पूँजी वृद्धि हुने भएकाले सभाले सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा २.२६ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १०९.०६ अर्ब, कुल निक्षेप ९२.२८ अर्ब  तथा खुद कर्जा सापटी ८३ अर्ब ४४ करोड रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।