सिटिजन लाइफको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित, चुक्ता पूँजी साढे २ अर्ब पुर्याउने

Oct 18, 2019 12:30 PM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको असोज २९ गते बुधबार बसेकाे दोश्रो वार्षिकसाधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरित गरेको हो ।

इन्योरेन्सले साधारण सभाबाट चुक्ता पूँजी वृद्धि गर्न आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीहरु मध्ये कै सबै भन्दा धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

साधारण सभाबाट खाली रहेको एक सञ्चालक समितिको सदस्यमा दीपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् । 

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित भएका छन् ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।