एनआइसी एशिया ब्यालेन्स फण्डको आइतबारदेखि कारोबार खुल्ने

Oct 18, 2019 05:32 PM Merolagani



एनआइसी एशिया बैंकको प्रवद्धन तथा एनजआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको एनआइसी एशिया ब्यालेन्स फण्डको इकाई आइतबारदेखि बिक्री खुल्ला हुने भएको छ। 

 

कार्तिक १ गते शुक्रबार ब्यालेन्स फण्डको ७ करोड ५५ लाख कित्ता इकाई नेप्सेमा सूचीकृत भएसँगै आइतबारबाट दोस्रो बजारमा कारोबार खुल्ने भएको हो।

क्यापिटलले गत साउन ८ गतेदेखि भदौ ८ गतेसम्म दश वर्ष अवधिको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई बिक्री गरेको थियो।

कूल निष्काशित १२ करोड ५० लाख इकाईमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंकका लागि १४ प्रतिशत अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई एक प्रतिशत अर्थात १२ लाख ५० हजार इकाई सुरक्षित गरि बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो। 

फण्डले पहिलो वर्ष बैंकको फिक्स्ड डिपोजिटमा कोषको आकारको १० प्रतिशत, ऋणपत्रहरुमा १० प्रतिशत, दोस्रो बजारमा ५५ प्रतिशत र कल अकाउण्टमा २५ प्रतिशत लगानी गर्ने योजना छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।