ग्लोबल आईएमई लघुवित्तको शेयर लिलामीमा किन्ने मंगलबार अन्तिम मौका

Oct 22, 2019 11:13 AM Merolagani



ग्लोबल आईएमई लघुवित्त (GILB) ले बिक्रीमा ल्याएको लिलामी शेयरमा आवेदन गर्ने (कात्तिक ५ गते) मंगलबार अन्तिम दिन रहेको छ। लघुवित्तले हकप्रदमा बिक्री नभएका ५६ हजार कित्ता शेयरको असोज २८ गते मंगलबार देखि लिलामी बिक्रमा ल्याएको थियो। 

लघुवित्तले साउन २१ देखि भदौ २३ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातको ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार ५६१ कित्ता साधारण बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा धेरै मूल्य राखेर बोलकबोल आवेदन गर्न सकिनेछ।  इच्छुक आवेदकले न्यूनतम एक सय कित्तादेखि लिलामीमा आएको अधिकता कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको शेयर अन्तिम पटक गत साताको बिहीबार ७०३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लिलामी शेयरमा ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड झापा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

हाल ११ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको शतप्रतिशत हकप्रदपछि पूँजी २२ करोड ९ लाख रुपैयाँ पुग्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।