तीन महिनामा साढे २८ अर्ब बीमा शुल्क संकलन, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको अग्रता कायमै

Nov 05, 2019 05:43 PM Merolagani

नेपालको बीमा क्षेत्रमा जीवन बीमा तर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर लगातार अघि बढेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा सम्ममा नेपाल लाइफ र शिखर इन्स्योरेन्स सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन्।

बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुबाट कूल २८ अर्ब ५० करोड रुपैयाँ कूल बीमा शुल्क संकलन भएको छ । जीवन बीमा ब्यवसायतर्फ जम्मा २१ अर्ब ५० करोड र निर्जीवन बीमा तर्फ ६ अर्ब ९८ करोड बीमा शुल्क संकलन भएको हो ।

जीवन बीमा अन्तगर्त नेपाल लाइफ एक्लैले ७ अर्ब ८९ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन तर्फ शिखर इन्स्योरेन्सले ९२ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी अग्रता कायमै राखेको छ ।

नेपाल लाइफको ३७ प्रतिशत योगदान
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरिएकाे हाे ।

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै ३६.७० प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ७ अर्ब ८९ करोड रुपैयाँ बीमा संकलन गरेको हो ।

यस्तै एलआईसी नेपालले ४ अर्ब २० करोढ रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाईफले १ अर्ब ८९ करोड, मेट लाइफले १ अर्ब २० करोड र राष्ट्रिय बीमा संस्थानले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । बाँकी कम्पनीहरुले बीमा शुल्क अर्ब कटाउन सकेको छैनन् ।

नयाँ संचालनमा आएका युनियन लाइफले पुराना कम्पनीहरुलाई समेत उछिनेर ७९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । युनियन लाइफले प्राइम, सूर्या र गुराँस लाइफलाई बीमा शुल्क संकलनमा उछिनेको हो ।

सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० करोड १५ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन तर्फ ७ अर्ब बीमा शुल्क संकलन

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ६ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरिएको हो ।

बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ९२ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल संकलन गरेको ६ अर्ब ९८ करोड रुपैयाँको १३.२० प्रतिशत हो ।

यस्तै सगरमाथाले ६७ करोड ५८ लाख, सिद्धार्थले ५९ करोड ३४ लाख, नेकोले ५६ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले २० करोड रुपैयाँ बीमा शुल्क कमाएकाे छ । यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्सको भन्दा १ करोड ४६ लाख रुपैयाँले बढी हो ।

यस्तै जनरल इन्स्योरेन्सले १४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले ८ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।