सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Nov 07, 2019 11:22 AM Merolagani



तीन दिन लगातार घटेको सुनको भाउ कार्तिक २१ गते बिहीबार फेरि बढेको छ। बिहीबार छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको थियो।

बिहीबार तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन सँगै बिहीबार चाँदीको भाउमा समेत वृद्धि भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८४५ रुपैयाँमा खरीद बिक्री भएको थियो।