सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Nov 07, 2019 11:22 AM Merolagani



तीन दिन लगातार घटेको सुनको भाउ कार्तिक २१ गते बिहीबार फेरि बढेको छ। बिहीबार छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको थियो।

बिहीबार तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन सँगै बिहीबार चाँदीको भाउमा समेत वृद्धि भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८४५ रुपैयाँमा खरीद बिक्री भएको थियो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।