एनएमबिको शेयरमूल्य समायोजनमा लगानीकर्ताको असन्तुष्टी, नेप्से भन्छ नियम अनुसार नै गरिएको हो

Nov 07, 2019 02:41 PM Merolagani



ओम डेभलपमेन्ट बैंकसँग मर्जरपश्चात कारोबार खुलेको एनएमबि बैंकको शेयरमूल्य समायोजनमा शेयर लगानीकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन्। 

यद्यपी नेप्सेले भने मर्जरमा गएका कम्पनीहरुको एकीकृत कारोबार पश्चात शेयर कारोबार खुल्दा मूल्य समायोजन गर्नुपर्ने प्रावधान अनुसार नै शेयरमूल्य समायोजन गरिएको बताएको छ। 

लगानीकर्ताले भने ओम डेभलपमेन्ट बैंकलाई कम स्वाप दिएर मर्ज गरिसकेपछि शेयर कारोबारको लागि पुनः शेयरमूल्य समायोजन गर्नुनपर्ने धारणा राखेका छन्। लगानीकर्ताले भने ओम डेभलपमेन्ट बैंकलाई कम स्वाप दिएर मर्ज गरिसकेपछि शेयर कारोबारको लागि पुनः शेयरमूल्य समायोजन गर्न नपर्ने धारण राखेका छन्। 

उनीहरुले शेयर स्वाप रेशियो १ बराबर १ नभई १ बराबर ०.७६ कित्ताको अनुपातामा मर्ज गरेकाले शेयरमूल्य समायोजन नगरी अन्तिम कारोबार मूल्यमा नै कारोबार खोल्नुपर्ने धारण राखेका हुन्।

तर नेप्सेले भने एनएमबि बैंकको शेयरमूल्य नियमअनुसार नै समायोजन गरिएको जनाएको छ। प्राप्तीमा शेयरमूल्य समायोजन नभएपनि यसअघि पनि मर्जरमा गएका तिनाउ मिसन, सप्तकोशी काबेलीको शेयरमूल्य समायोजन भएर शेयर कारोबार खुला गरिएको नेप्सेले बताएको छ। 

ओम डेभलपमेन्ट बैंकको शेयर कारोबार रोकिँदा कम शेयरमूल्य रहेकाले र हाल पनि बजार तल्लो विन्दुमा झरिरहेको अवस्था रहेकाले मात्र बैंकको शेयरमूल्य कम भएको नेप्सेको भनाई छ।

कुनैपनि कम्पनी मर्ज भएर कारोबार खुल्दा शेयरमूल्य समायोजन गर्नुपर्ने नेप्सेले  बताएको छ। विगतमा पनि मर्ज भएर कारोबार खुल्ने बेलामा शेयरमूल्य समायोजन गर्ने गरेकाले एनएमबि बैंकको पनि सोहि अनुसार शेयरमूल्य समायोजन गरी सुरुवाति रेञ्ज प्रदान गरिएको जनाएको हो।

एकीकृत कारोबार पश्चात नेप्सेले बुधबार एनएमबिको ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको हो। मर्जरअघि जेठ ५ गते कारोबार रोकिएको समयमा एनएमबि बैंकको शेयर अन्तिम पटक ३८२ रुपैयाँमा र ओम डेभलपेमन्ट बैंकको १९७ रुपैयाँमा शेयर कारोबार रोकिएको थियो। ओमको ०७५ भदौ ३ गते नेप्सेमा कारोबार रोकिएको थियो।

नेपाल स्टक एक्सचेञ्जले एनएमबि बैंकसँग मर्जरमा गएको ओम डेभलपमेन्ट बैंकको बुधबार  १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर स्वाप रेसियो अनुसार घटाएर कारोबारको लागि नेप्सेमा सूचीकरण गरेको थियो। मर्जरअघि  ओमको २ करोड ५१ लाख ५१ हजार ८६३ कित्ता शेयर नेप्सेमा सूचीकरण थियो।

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर पश्चात एकीकृत कारोबार थालेको करिब डेढ महिनापछि कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको हो।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।