एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान गर्न उच्च अदालतको आदेश

Nov 07, 2019 05:59 PM Merolagani



उच्च अदालत, पाटनले एटिएम ह्याक गरि पैसा लुट्ने आपराधिक समूहका ६ जना चिनियाँ नागरिक जेल चलान गर्ने आदेश दिएको छ । अदालतले थुनछेक बहसपछि ६ जना चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग, चेन बिनबिन, लिन जियानमेङ्ग, लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्ने आदेश दिएको हो।

उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र किरण पौडेलको संयुक्त इजलाशले प्राप्त प्रमाणका आधारमा सो आदेश दिएको हो।

त्यसैगरी, चिनियाँ नागरिकले लुटेको रकम साट्न सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेका तीन नेपाली, देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। अदालतले लामिछानेलाई ३० लाख र अन्य २ लाइ समान २६ लाख धरौटी माग गरेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।