एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान गर्न उच्च अदालतको आदेश

Nov 07, 2019 05:59 PM Merolagani



उच्च अदालत, पाटनले एटिएम ह्याक गरि पैसा लुट्ने आपराधिक समूहका ६ जना चिनियाँ नागरिक जेल चलान गर्ने आदेश दिएको छ । अदालतले थुनछेक बहसपछि ६ जना चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग, चेन बिनबिन, लिन जियानमेङ्ग, लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्ने आदेश दिएको हो।

उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र किरण पौडेलको संयुक्त इजलाशले प्राप्त प्रमाणका आधारमा सो आदेश दिएको हो।

त्यसैगरी, चिनियाँ नागरिकले लुटेको रकम साट्न सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेका तीन नेपाली, देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। अदालतले लामिछानेलाई ३० लाख र अन्य २ लाइ समान २६ लाख धरौटी माग गरेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।