सनराइज बैंकको खुद नाफा ३७ प्रतिशतले बढ्यो

Nov 08, 2019 10:41 AM Merolagani



सनराइज बैंक (SRBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यहि अवधीको तुलनामा खुद नाफा ३७.०६ प्रतिशतले बढाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको यही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधीका बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

दुई अर्ब ५५ करोड ५६ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको बैंकले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ व्याज खर्च गरी एक अर्ब १० करोड ५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। यो बैंकको खुद व्याज आम्दानी गत वर्षको यहि अवधीको तुलनामा ३३.९१ प्रतिशतले बढी हो।गत वर्षको यसै अवधीमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ संचित छ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष १.१२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस अवधीमा १.२७ प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १०.७२ गुणा बढी छ।

 

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।