सनराइज बैंकको खुद नाफा ३७ प्रतिशतले बढ्यो

Nov 08, 2019 10:41 AM Merolagani



सनराइज बैंक (SRBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यहि अवधीको तुलनामा खुद नाफा ३७.०६ प्रतिशतले बढाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको यही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधीका बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

दुई अर्ब ५५ करोड ५६ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको बैंकले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ व्याज खर्च गरी एक अर्ब १० करोड ५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। यो बैंकको खुद व्याज आम्दानी गत वर्षको यहि अवधीको तुलनामा ३३.९१ प्रतिशतले बढी हो।गत वर्षको यसै अवधीमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ संचित छ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष १.१२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस अवधीमा १.२७ प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १०.७२ गुणा बढी छ।

 

 

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।