उद्योगपति एवं पूर्व अर्थ राज्यमन्त्री रुपज्योति पक्राउ पूर्जी जारी भएको १ वर्षपछि पक्राउ

Nov 08, 2019 12:36 PM Merolagani



उद्योगपति एवं पूर्व अर्थ राज्यमन्त्री रुपज्योति पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाण्डौले उनलाई त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलबाट बिहीबार राती करिब ९ बजे पक्राउ गरेको हो। उनी नेपालको प्रतिष्ठित व्यवसायी घराना ज्योति समूहका अध्यक्ष समेत हुन्।

उनलाई पक्राउ पूर्जी जारी भएको करिब १ वर्षपछि पक्राउ गरेको हो। उद्योगी रुपज्योति विरुद्ध काठमाण्डौ जिल्ला अदालतले गत वर्षको मंसिर तेस्रो साता पक्राउ गर्ने आदेश जारी गरेको थियो।

जिल्ला अदालतको पक्राउ पूर्जीलाई चुनौति दिँदै उनी सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्चले जिल्ला अदालतको निर्णय सदर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञा सम्बन्धी रिट खारेज गरेपछि रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको हो। यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

हाउजिङ्ग निर्माण गर्न सर्वसाधारणबाट पैसा लिई जग्गा फिर्ता नगरेको आरोपमा ज्योतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि.’ को नाममा हाउजिङको घर निर्माण गर्ने भन्दै नदिएपछि विजेन्द्रकृष्ण मल्लले प्रहरीमा उजुरी दिएका थिए।

मल्लका अनुसार उनले हाउजिङ निर्माणका लागि २ करोड ७० लाख रुपैयाँ ल्याण्डमार्क डेभलपर्समा बुझाएका थिए।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।