उद्योगपति एवं पूर्व अर्थ राज्यमन्त्री रुपज्योति पक्राउ पूर्जी जारी भएको १ वर्षपछि पक्राउ

Nov 08, 2019 12:36 PM Merolagani



उद्योगपति एवं पूर्व अर्थ राज्यमन्त्री रुपज्योति पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाण्डौले उनलाई त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलबाट बिहीबार राती करिब ९ बजे पक्राउ गरेको हो। उनी नेपालको प्रतिष्ठित व्यवसायी घराना ज्योति समूहका अध्यक्ष समेत हुन्।

उनलाई पक्राउ पूर्जी जारी भएको करिब १ वर्षपछि पक्राउ गरेको हो। उद्योगी रुपज्योति विरुद्ध काठमाण्डौ जिल्ला अदालतले गत वर्षको मंसिर तेस्रो साता पक्राउ गर्ने आदेश जारी गरेको थियो।

जिल्ला अदालतको पक्राउ पूर्जीलाई चुनौति दिँदै उनी सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्चले जिल्ला अदालतको निर्णय सदर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञा सम्बन्धी रिट खारेज गरेपछि रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको हो। यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

हाउजिङ्ग निर्माण गर्न सर्वसाधारणबाट पैसा लिई जग्गा फिर्ता नगरेको आरोपमा ज्योतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि.’ को नाममा हाउजिङको घर निर्माण गर्ने भन्दै नदिएपछि विजेन्द्रकृष्ण मल्लले प्रहरीमा उजुरी दिएका थिए।

मल्लका अनुसार उनले हाउजिङ निर्माणका लागि २ करोड ७० लाख रुपैयाँ ल्याण्डमार्क डेभलपर्समा बुझाएका थिए।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।