टोखामा अनुमानित राजश्वको ९९.२१ प्रतिशत सङ्कलन

Nov 08, 2019 05:37 PM RSS



टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा अनुमान गरिएको कूल राजश्वको ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ ।

नगरपालिकाले सो आवमा १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिएका छन्।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ।

नगरपालिकाका अनुसार आव २०७५/७६ मा निवेदन दस्तुरबाट ७८ हजार ३००, नक्सापास दस्तुरवापत ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाले ८८ लाख ५७ हजार ५०१ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन गर्न सफल भएको थियो।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिए । यस्तै, भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौ, असोज तथा कात्तिक महिनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।